के प्रेममा सेक्स गर्नु आवश्यक छ ?

लोकराज भण्डारी   यो यस्तो विषय हो जसमा सबै व्यक्तिको फरक मत हुन्छ । केहि मानिसहरु यसमा सही विश्वास गर्छन् , केहि मानिसहरु गलत विश्वा...





लोकराज भण्डारी  
यो यस्तो विषय हो जसमा सबै व्यक्तिको फरक मत हुन्छ । केहि मानिसहरु यसमा सही विश्वास गर्छन्, केहि मानिसहरु गलत विश्वास गर्छन् । तर त्यो भन्दा पहिले म सेक्सको विभिन्न अभिव्यक्तिहरूको बारेमा कुरा गर्नेछु । हामिले बुझेको सेक्सका दुई वटा पाटाहरु छन् । एक सेक्स र अर्को वासना ।

वासना यौन मानसिक विकार चिज हो । यसलाई यौनरुपी अभिलाशा भनेर पनि सजिलोसँग बुझ्न सकिन्छ । वासनारुपि दिमागले पुरुष र महिला, पशु, चरा, ठूला र साना आदिमा भिन्नता राख्दैन । जब यो विकृति दिमागमा हुन्छ, तब वासनाबाट पीडित व्यक्तिले जसलाई पनि दुव्र्यवहार गर्न पुग्दछ । वासनबाट पिडिन मानिस जबरजस्ती अरुसंग शारिरीक सम्बन्ध गास्न उद्यत हुन्छ । र अरुलाई शारीरिक र मानसिक चोट पुर्‍याउँछ । सरल शब्दमा भन्ने हो भने, जसमा वासना हुन्छ, तिनीहरू जनावरहरू हुन् र उनीहरूसँग प्रेमको कुनै सम्बन्ध हुदैन ।

तर सेक्सको बारेमा कुरा गर्ने हो भने । यसलाई नेपालीमा सम्भोग पनि भनिन्छ । सेक्स दुई व्यक्तिको शारिरीक सन्तुष्टि हो । जब सहमतिबाट सम्भोग गरिन्छ त्यो दुई शरिर मात्र होइन आत्माको मेल पनि हो । यो त्यस्तो चीज हो जुन बिना यो संसारको कल्पना गर्न बेकार छ ।

यदि प्रेम वासनाको केन्द्रबिन्दु हो, तब यो प्रेम मात्र होईन, किनकि व्यक्तिले आफ्ना चाहनाहरू पूरा गर्न चाहन्छ न कि प्रेम । उसको चाहनाहरू पूरा भएपछि उसले तपाईंलाई हानि पु¥याउन सक्छ । । जसरी अहिले भिडियोहरु बाहिर आइरहेका हुन्छन् र यसैका कारण कति जवानहरु आत्महत्या सम्म गरेका हुन्छन् ।

जहाँसम्म सेक्सको सवाल छ, प्रेममा सेक्स तपाईंको नाङ्गो शरीरमा कपडा लगाउनु जत्तिकै महत्त्वपूर्ण छ । त्यो कपडाले तपाईंको शरीरलाई पूर्णता र शुरक्षा दिएको हुन्छ । प्रेमको पहिलो बिन्दु भनेको आकर्षण हो जुन व्यक्तिको व्यक्तित्वबाट सुरु हुन्छ, उसको राम्रो व्यवहारको लागि अभ्यस्त हुन्छ र समय बित्दै जाँदा प्रेमको गहिराइ बढ्छ । विज्ञान भन्छ कि हामी शारीरिक रूपमा सम्बन्धमा नभएसम्म हामी हाम्रो प्रेमी वा प्रेमिका प्रति लापरवाह हुन्छौं, किनकि हामी उससँग मात्र मानसिक रूपमा संलग्न छौं, तर हामी शारीरिक रूपमा जडित हुन्छौ भने हामी एक अर्काको साना साना चिजहरुको बारेमा सोच्न सुरु गछौँ । उ प्रति पुर्ण बफादारी देखाउँछौ ।

प्रेममा सेक्सले इँटा थप्ने काम गरेको हुन्छ । अर्कोतिर धार्मिक दृष्टिकोणबाट हेर्ने हो भने काम बिना प्रेमको कुनै महत्त्व छैन । हाम्रो सनातन धर्ममा त कामदेवको महत्व धेरै छ । हाम्रा मन्दिरहरुमा समेत रहेका खजुराहहरुले पनि प्रेम र कामको सद्भाव र महत्त्व देखाउँदछ, त्यसैले प्रेममा यौन सम्बन्ध गलत हुदैन यदि यसलाई सहि तरिकाले सदुयोग गर्न जानियो भने । अन्त्यमा ओशो भन्छन् "सेक्सको रिर्फानरी स्वरुप नै समाधि हो ।" अर्थात् सेक्सको महत्व बुझ्न सकियो भने हामि मुक्ति सम्म पुग्न सक्छौ । प्रेम (सम्भोग) बाट प्रमात्मा (समाधि) सम्म पुग्न सक्छौँ ।

COMMENTS

Name

1,2,कथा,1,लेख,2,सुचना,2,
ltr
item
Lokraj Bhandari/लोकराज भण्डारी: के प्रेममा सेक्स गर्नु आवश्यक छ ?
के प्रेममा सेक्स गर्नु आवश्यक छ ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhw_AJSlxIiKyDyDNAWM7GVfO8K6m2W8tHCdAuGbJBsOZpWMbr4WsWEv_Fiv8i6CodfZ4yiMFrT1OpfLWGk1RZlAAnPomd1VTILMWfE_Sj7zTpWoDFeVOvVS9HtFtAw4SmA1kFt8nkf8GI2/
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhw_AJSlxIiKyDyDNAWM7GVfO8K6m2W8tHCdAuGbJBsOZpWMbr4WsWEv_Fiv8i6CodfZ4yiMFrT1OpfLWGk1RZlAAnPomd1VTILMWfE_Sj7zTpWoDFeVOvVS9HtFtAw4SmA1kFt8nkf8GI2/s72-c/
Lokraj Bhandari/लोकराज भण्डारी
https://lokrajbhandari.blogspot.com/2020/04/blog-post.html
https://lokrajbhandari.blogspot.com/
http://lokrajbhandari.blogspot.com/
http://lokrajbhandari.blogspot.com/2020/04/blog-post.html
true
1921945482864517577
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy