कविता लोकराज भण्डारी नारी ==== उनि केवल सन्तान मात्र बोक्दिनन् उनि सम्पुर्ण मानव प्राणिको संस्था हुन् सिंगो ब्रमाण्ड ह...

कविता
लोकराज भण्डारी
नारी
====
उनि
केवल
सन्तान मात्र बोक्दिनन्
उनि सम्पुर्ण मानव प्राणिको संस्था हुन्
सिंगो ब्रमाण्ड हुन्
जुन उनि विना कल्पना गर्न पनि सकिदैन ।
उनि
मात्र
सन्तानकी आमा होइनन्
सम्पुर्ण अणुको संरक्षक हुन्
उनि विना मानव जातिको मात्र होइन
कुनै पनि अणुको कल्पना गर्न पनि सकिदैन ।
उनले
जन्म दिने
छोरा/छोरी मात्र होइन
एउटा यस्तो भविश्य हो
जसले अरु धेरै भविश्यहरु जन्माउने इतिहास हो ।
उनि
नारी
जसले
पुरै ब्रमाण्डको
बोझ बोक्छिन्
तर
भारि कहिल्यै विसाउदिनन्
सायद उनलाई पनि थाहा होला
एकछिन भारी बिसायो भने ब्रमाण्डको अस्तित्व समाप्त हुन्छ ।
COMMENTS