महत्वपुर्ण जानकारी / गाँजाको बारेमा

गाँजा हरेक मानव सभ्यताको इतिहासमा उच्च महत्त्व दिइएको वनस्पति हो । तर यो निर्दोष औषधीय वनस्पति विश्व राजनीतिको भुँमरीमा परेर पीडित बन्...

Image may contain: plant

गाँजा हरेक मानव सभ्यताको इतिहासमा उच्च महत्त्व दिइएको वनस्पति हो । तर यो निर्दोष औषधीय वनस्पति विश्व राजनीतिको भुँमरीमा परेर पीडित बन्न पुग्यो । कुनै समय गाँजा प्रतिबन्ध गर्न भूमिका खेलेको अमेरिका अहिले बल्ल गाँजा प्रबर्द्धनमा लागेको छ । नेपालले पनि ढिला नगरी गाँजाको गुमेको सम्मान फिर्ता गर्नुपर्छ ।
गाँजामा नशा लगाउने र औषधीको रूपमा उपयोग हुने दुई प्रमुख तत्त्व हुन्छन् । गाँजामा हुने ८० रसायनमध्ये फूलमा हुने क्यान्ना बिडियोल (सीबीडी) र टेट्रा हाइड्रो क्यान्नाबिनोल (टीएचसी) को मात्राको आधारमा अमेरिकामा २ वर्गमा छुट्याइएको छ । गाँजामा टीएचसी ०.३ प्रतिशतभन्दा बढी भए म्यारुवाना र सोभन्दा कम भए हेम्प भनिन्छ । टीएचसीमा औषधीय गुण भए तापनि यसले नशा लगाउने कार्य गर्छ । मदिराले जस्तो गाँजाको नशाले मानिसलाई झैझगडा गर्न प्रोत्साहन गर्दैन ।
हार्वड विश्वविद्यालयमा मेडिकल विषयका प्रोफेसर पिटर ग्रिन्सपोन भन्छन्, ‘क्यान्नाबिसमा हुने रसायन सीबीडीले दुखाइ (पेन), चिन्ता (एन्जाइटी), अनिद्रा (इन्सोमेनिया), मिर्गी (इपिलेप्सी), मनोविकृत (साइकोसिस), अटिजम जस्ता सबै मानसिक रोगमा सबैभन्दा प्रभावकारी औषधीको काम गर्छ ।’
अर्थराइटिस (जोर्नी खिइने) रोगमा गाँजाको तेल सबैभन्दा प्रभावकारी पाइएको छ । सीबीडीले कलेजोलाई बलियो पार्ने रिसर्चबाट देखिएको छ । केही रोगमा सीबीडी सेवनको मात्रा अझै यकिन गर्न बाँकी छ । जनावरहरूमा यसको परीक्षणमा पूर्ण सफलता मिलेको छ । यसको कुनै साइड इफेक्ट हुँदैन ।
अमेरिकामा गाँजाको जीन आलुको बीउमा हालेर आलुमा सीबीडी उत्पादन गरिएको छ । अमेरिकामा टीएचसी कम र सीबीडी ज्यादा उत्पादन हुनेगरी बीउ बनाएर खेती गरिएको छ । त्यस बाहेक गाँजा (हेम्प) बाट बनेका मलम, तेल, चक्की र गैर औषधीय वस्तुसमेत गरी २५ सयभन्दा बढी प्रडक्ट बजारमा छन् । नियन्त्रित रूपमा उत्पादन गरिएको र अनुसन्धानमा धेरै लागत परेको कारण हाल औषधी र अन्य प्रडक्ट महँगा छन् । भविष्यमा गाँजा खेती बढेपछि मूल्य घट्नेछ ।
अमेरिकामा सन् २०१४ मा गाँजाबारे रिसर्च गर्न विश्वविद्यालय र राज्यहरूलाई खुला गरियो । सन् २०१८ मा किसानहरूले राज्य सरकारमा दर्ता भएर मापदण्ड पूरा गरेर सिफारिस गरिएका गाँजाका प्रजाति खेती गर्न खुला गरियो । गाँजा खेती ४६ वटा राज्यले खुला गरिसकेका छन् भने ४ वटा राज्यले खुला गर्न मापदण्ड तर्जुमा गरिसकेका छैनन् । धान, मकै, तरकारीजस्तो खेती गर्न र बिक्री–वितरण गर्न भने खुला गरिएको होइन ।
अमेरिकाले गाँजाको महत्त्वलाई ढिलो गरी स्वीकार गरेको हो । सन् २०१४ अघि गाँजाबारे अनुसन्धान गरी यसका लाभपक्ष उजागर गर्ने कतिपय व्यक्ति अहिले बल्ल जेलमुक्त हुँदैछन् । केही राज्य सरकारले आजभोलि पनि गाँजाको कारोबार गर्नेलाई जेल हालिरहेका छन् । यस अघि नै युरोप र क्यानाडामा गाँजालाई वैध गरेर धेरै प्रडक्टहरू तयार भइसकेका छन् । गाँजाबाट निर्मित अर्बौं डलरका सामान अमेरिकाले क्यानाडाबाट आयात गरिरहेको छ ।
नगदेबालीको रूपमा कपास खेतीलाई प्रबर्द्धन गर्दै आएको अमेरिकी सरकारले अब गाँजालाई प्रबर्द्धन गर्न लागेको छ । गाँजा खेतीबाट किसानको आम्दानी चार गुणा बढ्ने प्रक्षेपण अमेरिकामा गरिएका छन् । अमेरिकामा कपास खेतीबाट किसानले गर्ने आम्दानी गाँजाको फाइबरबाट मात्र हुने अनुमान गरिएको छ । गाँजाको फाइबर निकै बलियो हुनेहुँदा कपडा बनाउन उपयोगी हुन्छ ।
अमेरिकामा सन् १९३७ मा म्यारुवाना कर ऐनले गाँजाको कारोबारलाई प्रतिबन्ध लगाएको थियो ।
मेक्सिकोबाट मानिसहरू त्यतिखेरदेखि नै अमेरिकामा घुस्ने र बसोबास गर्ने गर्थे । अमेरिकामा गाँजालाई क्यान्नाबिस भनिन्थ्यो भने मेक्सिकोमा म्यारुवाना । म्यारुवाना मेक्सिकनको जीवनशैली थियो । उनीहरूले औषधी र आनन्दका लागि यसको सेवन गर्थे । अमेरिकी सरकारले मेक्सिकनको र अफ्रिकीको दबदबालाई निरुत्साहन गर्न उनीहरूको संस्कृतिमाथि प्रहार गर्ने रणनीति अनुरुप म्यारुवानामा प्रतिबन्ध लगाएको थियो ।
संघ र राज्य सरकारहरूले गाँजालाई विष, लागूऔषध आदिको संज्ञा दिई विभिन्न ऐन, कानुन बनाएर अमेरिकामा मात्र प्रतिबन्ध लगाएनन्, अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमै गाँजालाई लागूऔषधको रूपमा चित्रण गरी प्रतिबन्ध लगाउन प्रोत्साहन र दबाब दिने रणनीति लियो । नेपाल पनि त्यसको हिस्सा बन्न पुगेको हो । अमेरिकाले गाँजालाई राजनीतिक एजेन्डाको रूपमा दुरुपयोग गरेको अमेरिकी गाँजा विशेषज्ञहरू बताउँछन् ।
दोस्रो विश्वयुद्धताका नेपालको गाँजा विश्वमा लोकप्रिय थियो । त्यतिखेर नेपाली किसानको मुख्य नगदेबाली गाँजा थियो । सन् १९६० को दशकमा अमेरिकामा परम्परागत धर्म, संस्कृति र जीवनशैलीलाई नमान्ने युवा अभियान ‘हिप्पी संस्कृति’ विस्तार भएको थियो । हिप्पीहरू लामो कपाल पाल्ने, फरक लुगा लगाउने, गाँजाको धुवाँ उडाउने र आनन्द लिने गर्थे । नेपालमा सस्तो गाँजा पाइने हुँदा उनीहरू काठमाडौं आएर लामो समय बिताउँथे ।
नेपाल सरकारले सन् १९६१ मा विदेशीलाई गाँजा बेच्न काठमाडौंमा ३० वटा पसललाई लाइसेन्स दिएको थियो । यसबाट सरकारले ठूलो राजस्व प्राप्त गरेको थियो । अमेरिकामा नेपालबाट गाँजा तस्करी भएको भन्दै अमेरिकाले गाँजा नियन्त्रण गर्न दबाब दियो । सरकारले सन् १९७३ मा पसलहरूको लाइसेन्स रद्द गर्यो भने १९७६ को लागूऔषध नियन्त्रण ऐनले गाँजालाई पूर्ण प्रतिबन्ध लगायो ।
अमेरिकामा गाँजा खेतीका लागि माटो, बीउ, हावापानी र अन्य बालीमा पर्ने असरका बारेमा निकै खर्चिलो रिसर्च गर्नुपरेको छ । नेपालको माटो यति गाँजामैत्री छ कि हरेक वर्ष गाँजा नष्ट गरे पनि अर्को वर्ष आफैं उम्री सप्रिन्छ । तराईदेखि पहाडसम्म सबैतिर गाँजाको लागि उर्वर वातावरण छ । प्रायः खेत बाँझो रहने सुख्खा मौसममा गाँजा उम्रन्छ । त्यसैले नेपालमा गाँजा खेतीका लागि लगानी एकदमै कम पर्छ ।
अथर्व वेदका अनुसार पाँच आधारभूत वनस्पतिमा गाँजा पर्छ । वेदका अनुसार, यसले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ । विषले मुर्च्छित व्यक्तिलाई गाँजाको उपचारले बचाउन सकिने हिन्दु कथामा उल्लेख छ । विभिन्न रोग लाग्दा मानिस र पशुपन्क्षीलाई गाँजाको पात, फूल र फल (दाना) खुवाउने चलन पनि छ । फल (भाँगो) त्यसै वा अचार बनाएर खान अत्यन्त स्वादिलो र स्वास्थबर्द्धक मानिन्छ ।
आशा गरौं, गाँजाबाट हुने फाइदा वैज्ञानिक पुष्टिसहित थपिएर आउनेछन् । हालै नेदरल्यान्डको बाली संरक्षण अनुसन्धान केन्द्रले पत्ता लगाए अनुसार गाँजाको जराले माटोमा हुने हानिकारक जीवाणु र ब्याक्टेरियालाई नष्ट गर्छ । एक सिजनमा गाँजा खेती गरेको खेतमा अर्को सिजनमा अन्य बाली लगाउँदा त्यो बालीसमेत रोगमुक्त हुनसक्छ । अमेरिकी सरकारले अहिले उच्च प्राथमिकता दिएर गाँजामा अनुसन्धान, उत्पादन, उपभोग र निर्यातको नीति लागू गरेको छ । नेपाल सरकारले पनि गाँजामा लगाएको प्रतिबन्धमा फुनर्विचार गर्न अब निकै ढिला गर्ने छैन ।

COMMENTS

Name

1,2,कथा,1,लेख,2,सुचना,2,
ltr
item
Lokraj Bhandari/लोकराज भण्डारी: महत्वपुर्ण जानकारी / गाँजाको बारेमा
महत्वपुर्ण जानकारी / गाँजाको बारेमा
https://scontent.fpkr2-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/65964120_2247903481998415_7393930210317434880_n.jpg?_nc_cat=101&_nc_sid=8bfeb9&_nc_oc=AQnVd4gru8NIFTQh1Kl9HrpUyu8VzAmr3JGE2-F2L9JLogL8pjR1uEK9WN5XIff94h8&_nc_ht=scontent.fpkr2-1.fna&_nc_tp=6&oh=b21863ecc6523cf0f44b1c4afaa0e059&oe=5EB75DB2
Lokraj Bhandari/लोकराज भण्डारी
https://lokrajbhandari.blogspot.com/2020/04/blog-post_3.html
https://lokrajbhandari.blogspot.com/
http://lokrajbhandari.blogspot.com/
http://lokrajbhandari.blogspot.com/2020/04/blog-post_3.html
true
1921945482864517577
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy