महत्वपुर्ण जानकारी / तुलसीको बारेमा

तुलसी बहुगुणी वनस्पती हो । भनिन्छ, यसले वायु शुद्धीकरणमा भूमिका खेल्छ । यसको औषधीय महत्व त हामीलाई थाहै छ । जब हामीलाई घाँटी दुख्छ, ...

तुलसी बहुगुणी वनस्पती हो । भनिन्छ, यसले वायु शुद्धीकरणमा भूमिका खेल्छ । यसको औषधीय महत्व त हामीलाई थाहै छ । जब हामीलाई घाँटी दुख्छ, ज्वरो आउँछ, रुघा लाग्छ, पानीमा तुलसीको पात पकाएर खान दिइन्छ । शरीर अस्वस्थ्य भएको बेला मात्र होइन, सामान्य अवस्थामा पनि तुलसी सेवन गर्न सकिन्छ । नियमित रुपमा तुलसी सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
हुन त हामीले तुलसीलाई घर-आँगनमा मठ बनाएर रोप्ने गरेका छौं । यो परम्परालाई हामीले आडम्बरको हिसावले होइन, वैज्ञानिक दृष्टिकोणले हेर्नुपर्छ । तुलसी आफैंमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ । घरको वातावरण राम्रो बनाउँछ ।
तुलसी कुन बेला रोप्ने, कसरी रोप्ने, कसरी संरक्षण गर्ने भनेर हाम्रा पूर्खाहरुले सिकाएका पनि छन् । तुलसीको हामी पूजा पनि गर्छौ । वास्तवमै पूज्य वनस्पती हो, तुलसी ।
तुलसीको एक/दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसो वा रुघा ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केही टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुघा ज्वरो ठिक हुन्छ । यस्ता थुप्रै उपचार विधि छ तुलसीसँग जोडिएको ।
तुलसी एउटा औषधीय गुण भएको विरुवा हो । यसको प्रयोग रुघा, खोकी, ज्वरो, दन्तरोग, सासको बिरामी आदिमा प्रभावकारी हुन्छ ।
१. मधुमेहको खतरा घटाउँछ
तुलसीको पत्ताको तेलमा युजिनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ । जसबाट पेन्त्रिmयाटिक बिटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ । ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।
२. तनावबाट छुटकारा
एउटा अनुसन्धानबाट पत्ता लागेको छ कि तुलसीको पत्ताहरुमा तनावलाई कम गर्ने हार्मोन अर्थात् कोर्टीसोल पाइन्छ । तुलसीको दैनिक १२ वटा पत्ता खाँदा तनावबाट छुटकारा मिल्छ ।
३. क्यान्सरको खतरा कम
तुलसीमा एन्टीअक्सिडेन्ट र एन्टीकार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।
४. मृगौलाको पत्थरी हटाउँछ
किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस् । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन । यसबाट हुने दुखाईमा पनि आराम मिल्छ ।
५. सासको दुर्गन्ध हटाउँछ
सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ । प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चबाउनुस । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।
६. टाउकोको दुखाई भगाउँछ
यदि तपाईंलाई साइनसिस, एलर्जी, टाउको दुख्ने र रुघाको समस्या छ भने तुलसीको पत्तिलाई पानीमा राम्ररी उमाल्नुस । र, यसलाई छान्नुस । छानेपछि थोरै थोरै गरेर पिउनुस । यसबाट टाउको दुखेको निको हुन्छ ।
७. आँखालाई आराम
तुलसीको पत्ताको दुई-दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।
८. ज्वरो ठिक हुन्छ
सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मूल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।
९. रुघा ठिक गर्छ
१० वटा तुलसीको पत्ता र ४ वटा ल्वाङलाई एक गिलास पानीमा उमाल्नुस् । जब पानी आधा हुन्छ, त्यसमा अलिकति नून हालेर चिया जसरी पिउनुस । यस्तो काँडाबाट रुघा-खोकी तुरुन्त ठिक हुन्छ ।
१०. छालालाई स्वस्थ राख्छ
कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।
28
People Reached
2
Engagements
1
Like
Comment

COMMENTS

Name

1,2,कथा,1,लेख,2,सुचना,2,
ltr
item
Lokraj Bhandari/लोकराज भण्डारी: महत्वपुर्ण जानकारी / तुलसीको बारेमा
महत्वपुर्ण जानकारी / तुलसीको बारेमा
https://scontent.fpkr2-1.fna.fbcdn.net/v/t1.0-0/p180x540/75341151_2490927744362653_2112019282698174464_n.png?_nc_cat=101&_nc_sid=730e14&_nc_oc=AQkUH8EbNN_7OM25I6lfyVdNw_V9eFpOCVol6EbXVzvhvu93K0axok2gMYzv8Ixx03w&_nc_ht=scontent.fpkr2-1.fna&oh=5900fab68a091f72af70858c4d1e70cd&oe=5EB42F5D
Lokraj Bhandari/लोकराज भण्डारी
https://lokrajbhandari.blogspot.com/2020/04/blog-post_34.html
https://lokrajbhandari.blogspot.com/
http://lokrajbhandari.blogspot.com/
http://lokrajbhandari.blogspot.com/2020/04/blog-post_34.html
true
1921945482864517577
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy