आउनुहोस् आज म तपाईलाई एउटा सुखको कथा सुनाउँछु । ======================================= एउटा देश जसको नाम "आनन्द प्रदेश"। ज...
आउनुहोस् आज म तपाईलाई एउटा सुखको कथा सुनाउँछु ।
=======================================
एउटा देश जसको नाम "आनन्द प्रदेश"। जहाँका जनताहरुलाई कुनै समस्या छैन । ठाउँ ठाउँमा विदेशीहले खोलीदिएको हस्पिटल, विद्यालय, र्फमहरु प्रसस्तै छ । यातायात, विद्युत्, पानी, सञ्चार लगाएतका पुर्वाधारको कुनै कमि छैन ।
देशमा राजा छन्, मन्त्रिपरिषद् छ । शुसासन छ, देश सुन्दर छ । विदेशी वोतलका दुधहरुबाट जनता हृष्टपुष्ट छन् । कुनै सुविधामा कुनै कमि हुन नदिन राजाको आदेश छ ।
तर "राजा" विलकुल दुखि छन् ।
जनताहरुमा कुनै समस्या छैन । सबैले राजालाई भगवान्को स्वरुप मान्छन्, तर पनि "राजा" दुखि छन् । राजाले मन्त्रीहरुलाई डाक्छन् भन्छन् : "सबै प्रजालाई सुविधा दिएको छु तर म आफै भारी दुखमा छु । यसको निकास निकाल्नु पर्यो ।"
राज्यको गुरुलाई बोलाइयो र सुखको कारण खोज्न लगाइयो । गुरुले राजालाई अर्ति दिए । "जो सुखी व्याक्ति छ, उसको कमिज ल्याएर लगायो भने सुख मिल्छ ।:
राजाले मन्त्रिहरुलाई सोधेँ : "के तिमिहरु सुखी छौ ?" कसैबाट पनि सुखी भन्ने उत्तर आएन ।
देशका सबैभन्दा विद्वान, धनी, व्यापारी, सर्बश्रेष्ठ कलाकार, सर्बश्रेष्ठ खेलाडी लगाएतलाई बोलाईयो तर सबैले सुखको अनुभव नभएको बताए ।
देशभर झ्याली पिटाइयो जो सुखी छ उसले आफ्नो कमिज राजालाई दिए । राजाले मन्त्री बनाउने, धनसम्पती दिने तर कतैबाट पनि कमिज आएन ।
मन्त्री, सिपाहि सबै सुखी मानिसको खोजीमा हिँडे तर फेला पार्न कठिन भयो ।
एक दिन केहि सिपाहिरुले एउटा ठेला ठेल्दै गरेको व्याक्ति भेटे । जसको शरिरमा मात्र एउटा जनेन्द्रिय ढाक्ने लगौटी मात्र थियो । ऊ चर्को घाममा असिना पशिना हुदै मुस्कुराउदै ठेला ठेलिरहेको थियो, उसलाई देखर सिपाहिको नाइकले सोध्यो : "यसरी ठेला ठेल्दा दुख हुदैन तैपनि मुस्कुराहिरेका छौ ।"
मुस्कुराउदै उसले जवाफ दिन्छ ।
"म सुखि छु ।"
"अरे यस्तो दुख गरिराका छौ तैपनि सुखी छौ ।"
"हो म सुखि छु ।"
"त्यसोभए तिम्रो कमिज नी ? खै कहाँ छ ?"
"म संग लगाउन यहि लगौटि बाहेक अरु केहि छैन । सुख कमिजमा होइन सुख त आत्मामा हुन्छ । सुख बाहिरी भौतिक बस्तुमा होइन, सुख महशुस गर्ने कुरा हो । बाहिरी भौतिक बस्तुले सुविधा त पुर्याउछ तर सुख दिन सक्दैन । त्यसैले तिम्रो राजालाई भनिदेऊ सुख कमिजमा होइन तिमी भित्र लुकेको छ । मात्र सुखहुने इच्छालाई रोक्नुपर्छ । सुखी हुने इच्छा राख्नु नै दुखी हुनु हो ।"


COMMENTS