कविता मृत्यूको फर्जी करार लोकराज भण्डारी भन्ठानेको होला मृत्यूले करारमा दिएको जन्दिगी फिर्ता गर्ला भनेर तर मैलै सम्झौतामा हस्ताक्ष...
मृत्यूको फर्जी करार
लोकराज भण्डारी
भन्ठानेको होला मृत्यूले
करारमा दिएको जन्दिगी
फिर्ता गर्ला भनेर
तर मैलै
सम्झौतामा हस्ताक्षर नै गरेको छैन ।
करारमा दिएको जन्दिगी
फिर्ता गर्ला भनेर
तर मैलै
सम्झौतामा हस्ताक्षर नै गरेको छैन ।
फर्जी कागज बनायो होला
उमेरले
तर मैले
अहिलेसम्म पात्रोको पन्ना फेरेको छैन ।
उमेरले
तर मैले
अहिलेसम्म पात्रोको पन्ना फेरेको छैन ।
बर्षहरुको हिसाब गर्दै होला
जवानीले
तर मैले
छोडिसकेँ हुँ, हिसाब गर्न बच्चादेखि नै ।
जवानीले
तर मैले
छोडिसकेँ हुँ, हिसाब गर्न बच्चादेखि नै ।
खोज्दै होला घाटले
मलाई,
मेरो शरिर पो जलाउछौ तिमी
जलाउन सक्दैनौ मलाई ।
मलाई,
मेरो शरिर पो जलाउछौ तिमी
जलाउन सक्दैनौ मलाई ।
होलान् पर्खिएका
मृत्यूका समवेदनाका शब्दहरुले
तर मैले
मेरो शब्दकोष जलाइसकेको छु ।
मृत्यूका समवेदनाका शब्दहरुले
तर मैले
मेरो शब्दकोष जलाइसकेको छु ।
त्यो संग हुन्छ, मृत्यूको लडाँई
जसले जन्मको ऋण खान्छ
उसले पो सुम्पिनु पर्छ
मृत्यूलाई व्याजसहित जीवन ।
जसले जन्मको ऋण खान्छ
उसले पो सुम्पिनु पर्छ
मृत्यूलाई व्याजसहित जीवन ।
तर मसंग
मृत्यूको कुनै ऋण छैन
छैन गरेको करार मृत्यूसंग
किनकी म जन्मिएको छैन ।
मृत्यूको कुनै ऋण छैन
छैन गरेको करार मृत्यूसंग
किनकी म जन्मिएको छैन ।

COMMENTS