कविता म ===== म हराएँ आफै भित्र बिलाए जसरी नदि समुन्द्रमा बिलाउँछ . मैले आफ्नो घर, परिवार प्रेम, सम्बन्ध सबै बग...
मैले
आफ्नो घर, परिवार
प्रेम, सम्बन्ध
सबै बगाएर ल्याएको छु
नदिले बगाएझै ।
यो यात्रा
अनन्तको लागि हो
नटुंगीने यात्रा हो
भेल ठुलो हुदै आइरहेको छ
कयौँ खोलाहरु मसंग समागम भैसकेका छन्
कृपया रोक्ने कोषिस नगर ।
म
यो बाँध
यो बन्धन
यो तालको सन्नटाबाट मुक्त हुन चाहन्छु
म स्वतन्त्रतालाई अंगाल्न चाहन्छु
जहाँ म मेरो मर्जीले हिड्न र दौडन पाऊँ ।
तिमी पनि आऊ
रोकिएर, छेकिएर नबस
एक चोटि बगेर त हेर
कति आनन्द छ यो जीन्दगी ।
आऊ मेरो हात समाऊ
अंगालोमा आऊ
अनि हामि पनि समाहित हुनुपर्छ
यो हुलबाट एक सुन्यमा
बिलाउनु पर्छ महा सुन्यमा ।।

COMMENTS